Logo

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर महासंघले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेको हो ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको हो । जवाफमा प्रधानमन्त्री देउवाले महासंघले राखेमा माग सम्बोधन गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्