ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक «

ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक

ओपो रिसर्च इन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर–‘सिक्सजी एआई–क्यूब इन्टेलिजेन्ट नेटवर्किङ’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा टेवा पु¥याउन सक्छ भन्ने दूरसञ्चार उद्योगकै पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरले अर्को पुस्ताको दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ ।
सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोले प्रि—रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ ।
सिक्सजीले एआईसँग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने विश्वास लिएको ओपोले जनाएको छ ।
सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन्। तिनले विभिन्न प्रयोग चरणहरु मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ ।
विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि यूजर प्लेन (यूपी) गरी दुई आयाममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरुपमा उपभोग गर्न सकिने गति तथा ढिलाई जस्ता नेटवर्क परफरमेन्सका लागि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्