नबिल बैंकको व्यावसायिक कर्जाको अनलाइन आवेदन सुविधा «

नबिल बैंकको व्यावसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमार्फत साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको बताइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आफ्नो वेबसाइटमार्फत ऋण कर्जाका लागि आवेदन दिने सीमित ग्राहकलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको जनाएको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक–गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्