मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना «

मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङ सेवासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई अत्यन्त फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्