नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने «

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

नर्भिक इन्टरनेसनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।
प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।


प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् ।
प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।
नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपीडी सेवा सञ्चालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपीडी सेवा लिनसक्नेछन् ।
नर्भिक अस्पतालका सीईओ मिश्रले प्रत्येक शनिबार अलग–अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपुर फाइदा लिन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्