चीनमा युरोपियन हवाई व्यवसायको अवसर «

चीनमा युरोपियन हवाई व्यवसायको अवसर

युरोपियन युनियनका अन्तरिक्ष व्यावसायिक प्रतिष्ठानहरूका लागि चीन विशाल बजार बन्दै गइरहेको छ । युरोपका कम्पनीहरू चीनतर्फ बढिरहेका छन् । उनीहरूले अन्तरिक्ष सेवासम्बन्धी उत्पादन एवं सेवाका खरिद आदेशहरू पाइरहेका छन् ।
विश्वका स्याटेलाइट अपरेटरहरूमध्येको एक युटेलस्याट कम्युनिकेसनले चाइना युनिकमसँग एक एमओयू हस्ताक्षर गरेको छ । जनवरी ८ देखि १० सम्म फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोनको चीनमा हुने राजकीय भ्रमणका क्रममा थप सम्झौता हुने भएको छ ।
युटेलस्याटका प्रमुख कार्यकारी रोडोल्फ बेल्मरले भने, “चाइन युनिकम द बेल्ट एन्ड रोड क्षेत्रका लागि हाम्रो भूउप्रग्रह सञ्चारको आदर्श प्रवद्र्धक साझेदार हो । एमओयुले एसिया प्रशान्त क्षेत्रमा तीव्र गतिमा बढिरहेको बजारलाई सम्बोधन गर्नेछ ।”
दुवै पक्षले मिलेर उत्तरी अमेरिकाको पश्चिमी किनाराबाट एसियासम्म र अस्ट्रेलियासम्मको सम्पर्क सेवालाई बलियो पार्ने काम गर्नेछ । उनीहरूले यो सेवालाई विश्वभर फैलाउने योजना बनाइरहेका छन् ।
यसैबीच चीनको एरोस्पेस साइन्स एन्ड टेक्नलजित कर्पाेरेसन र डाससल्ट एभिएसनबीच एक सम्झौता गरेको छ । यसले चीनको उत्पादनमूलक उद्योगका लागि एकीकृत सुधारकार्य र तिनको क्षमता अभिवृद्धिलाई सघाउने सम्झौतामा उल्लेख छ ।
यी दुई कम्पनीले लगानी कम्पनी पनि खोलेका छन् । यसले सूचना आदानप्रदान गर्नेछ । यो सम्झौता डिजिटल क्षेत्रका सेवा र उपभोक्ताउन्मुख अनुसन्धान, डिजाइन र उत्पादनमूलक क्षेत्रको खाका एवं व्यवस्थापनको क्षेत्रमा काम गर्नेछ ।
हवाई क्षेत्रमा विश्वको अगुवा कम्पनी हवाई इन्जिनका उत्पादक कम्पनी सीएफएम इन्टरनेसनले पनि एक सम्झौता गरेको छ । यसले इन्जिनको खरिद आदेश र ५०० सीएफएम इन्जिनको दीर्घकालीन सहयोग गर्ने गरी एक एमओयू गरिएको छ ।
सम्झौताहरूको कुल मूल्य ९.१ अर्ब अमेरिकी डलर बराबरको छ ।
यसैगरी एयरबसले पनि चीनको राष्ट्रिय विकास एवं सुधार आयोगसँग एक सम्झौता गर्यो । दुवै पक्षले चीनमा प्रविधिक क्षेत्रको सिर्जनशीलता, इन्जिनियरिङ सक्षमतासहितको उत्पादन एवं सेवाको शृंखला विस्तार गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्