प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी «

प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जवाफ दिन नचाहेको भन्दै आपत्ति प्रकट गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै बोल्दै सांसद बालकृष्ण खाँडले प्रधानमन्त्री सदनप्रति अनुत्तरदायी भएको बताएका हुन् ।
हिउँदे अधिवेशनको तेस्रो बैठक चलिरहँदा सरकारले सदनले उठाएका प्रश्नको उत्तर नदिएको भन्दै संसद् नियमावलीको २१९ को धारा १, २ अनुरूप जवाफ दिन उनले आग्रह गरे । उक्त धारा कार्यान्वयन नगरिए सदन अवरुद्ध गर्ने उनको चेतावनी थियो । यसअघिको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नपाएको भन्दै कांग्रेसले संसद् अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्