भारत अध्ययन गर्न जानेका लागि परामर्श «

भारत अध्ययन गर्न जानेका लागि परामर्श

शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले भारत अध्ययन गर्न जाने विद्यार्थीका लागि परामर्श दिएको छ ।
फाउन्डेशनले उच्च शिक्षाका लागि त्यहाँ जाने नेपाली विद्यार्थीका लागि भारतीय दूतावासले प्रदान गर्ने पूर्ण छात्रवृतिको बारेमा समेत जानकारी गराएको छ ।
कृष्णा फाउन्डेशनका डाइरेक्टर सन्तोषकुमार चौधरीले हाल शैक्षिक सत्र २०२१÷०२२ का लागि भारतीय दूतावास काठमाडौंले नेपालका मेधावी र मेहनती विद्याार्थीलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृत्ति दिने गरेको बताए । अगष्ट ४ सम्म आवेदन दिने सकिने छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम बिई इन्जिनियरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि र नर्सिङका लागि आवेदन दिने व्यवस्था गरिएको छ । “कृष्णा फाउन्डेशनले कम्पेक्स स्कलरसिपको फर्म भर्नका लागि विद्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गर्दै आएको छ” चौधरीले भने ।
यस वर्ष कोरोनाको महामारीका कारण यो कम्पेक्स स्कलरसिप टेस्ट कम्पुटर वेसमा अगस्टको चौंथो साता परीक्षा लिइने भएको छ । कक्षा १२ पास गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो स्कलरसिप टेस्ट दिन मिल्ने भारतीय दूतावासद्वारा निस्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्याार्थीले यो छात्रवृत्ति दावी गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्