फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा छुट पाइने «

फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा छुट पाइने

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ । फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।
समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने छन् । कम्पनीका अनुसार इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् ।
फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए । इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरूले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्ने मालीले बताए ।
सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने कम्पनीको अपेक्षा छ । इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए ।
इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्