सन्राइज बैंकको शाखारहित बैंकिङ र एटीएम सेवा बिस्तार «

सन्राइज बैंकको शाखारहित बैंकिङ र एटीएम सेवा बिस्तार

सन्राइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयमा एटीएम सेवाको सुरुवात गरेको छ । शनिबार आयोजित कार्यक्रममा बारागढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरीले सो सवाको सरुवात गरे ।
त्यसैगरी एटीएम सेवाको कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्रीराम दिनेशले सुवात गरे । उक्त एटीएम सुरक्षाकर्मीलगायत स्थानीयले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडे, उदयपुरमा ७८औं शाखारहित बैंकिङ सेवा पनि सुरुवात गरेको छ । बैंकले हालसम्म १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्