एनआईसी एशिया बैंकको एपमार्फत आईपीओ आवेदन दिन सकिने «

एनआईसी एशिया बैंकको एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आईपीओको आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकहरुले लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गनै बैंकले एपमार्फत नै विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
एनआईसी बैंकमार्फत डिम्याट खाता खोलेका र अन्य विभिन्न खाता भएक ग्राहकले सो सेवामार्फत आईपीओमा आवेदन दिन सक्ने बैकले जनाएको छ । ग्राहकले स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित हुन न पर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्