धनगढीमा सिटिजन्स बैंकको प्रादेशिक कार्यालय «

धनगढीमा सिटिजन्स बैंकको प्रादेशिक कार्यालय

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंगलबार प्रदेश नं ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । प्रदेश नं ७ अन्तर्गत बैंकका ५ वटाशाखाहरू(बझाङ, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार विस्तारका साथ साथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइ जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश नं ७ मा रहेका ९ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच छ । यस प्रदेशमा बैंकले करिब २० हजार ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीनतहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्