पोखराका ५० जना किसानलाई जनही ३४ हजार भैंसी अनुदान «

पोखराका ५० जना किसानलाई जनही ३४ हजार भैंसी अनुदान


पोखरा महानगरपालिका पशु सेवा शाखाले पोखराका ५० जना किसानलाई भैंसी अनुदान कार्यक्रमअन्तर्गत जनही ३४ हजारको दरले कृषि अनुदान दिएको छ । २०७७, ०७८ को स्विकृत बार्षिक कार्यक्रमअनुसार लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रमअन्र्तगत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैसी खरिदमा अनुदान वितरण गरिएको पोखरा महानगरपालिकाका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए ।
पोखराका एक किसान ठाकुरप्रसाद आचार्यलाई अनुदानको उक्त मुल्य बराबरको चेक हस्तान्तरण गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले कृषिमा आत्मनिर्भर बनाउन कृषिको विशिष्टीकृत हुन आवश्यक भएको बताए । कृषि क्षेत्र अझै पनि परम्परावादी भएको उल्लेख गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउन जरुरी रहेको दाबी गरे ।
मन्त्री बरालले केहीले कृषि सहकारी खोलेर अर्को खेलो समेत गर्ने गरेको टिप्पर्ढी गरे । कृषि बहुउद्देश्य सहकारी आजको आवश्यकता भएको उनको भनाइ थियो । किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले किसानलाई अनुदान दिने कार्यक्रमसहित कृषक परिचयपत्र समेत वितरण गरेकोमा मन्त्री बरालले महानगरलाई धन्यवाद दिएका छन् । अहिले सबैभन्दा बढी उपेक्षित किसान भएको उनले बताए । उनले भने, “कृषि जस्तो स्वाभिमानी, स्वावलम्भी पेशा अन्यमा छैन, मुलुकमा किसान र उनीहरूलाई हेर्ने दृष्टिकोण अलि फरक छ ।” मन्त्री बरालले राज्यको तर्फबाट समेत किसानलाई प्रोत्साहन र सम्मान गर्न नसक्दा नेपालका किसानमा हिनतावोध भएको जनाए ।
यसैबीच, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको हाल काठमाण्डौं स्थित न्यूरो अस्पतालमा मस्तिष्कघात कारण उपचार भई रहेकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । अरुणोदय दुग्ध उत्पादक तथा नश्नल सुधार सहकारी संस्थाको समन्वयमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्