हराएको १० दिनमा सम्झना मृत अवस्थामा

गजुरी गाउँपालिका–८ प्रवाङकी सम्झना रोक्का १० दिनपछि घरमाथि जंगलमा मृत भेटिएकी छिन् । साउन १ गते घरबाटै हराएकी सम्झ्नाको खोजी कार्य घर परिवार, आफन्त, उनका साथीहरू र अगुवा ब्यक्तित्वहरूले सामाजिक संजाल मार्फत र भौतिकरुपमै उपस्थित भएर खोजी कार्य तिब्र पारेका थिए ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएका प्रहरी अधिकृतले समेत खोजी गरेका थिए । आइतबार १० दिनको दिन घरमाथि कुकुरपानीको जंगलमा भेटिएको पछि पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लाने तयारी भई रहेको कल्याण अधिकारीले बताए । शव भेटिएपछि प्रहरीलाई जानकारी गराई प्रहरीले घटना प्राकृति मुझुल्कापश्चात् शव उठाएको अधिकारीले बताए ।