अमेजन बन्यो विश्वकै धनी कम्पनी «

अमेजन बन्यो विश्वकै धनी कम्पनी

वासिङटन-माइक्रोसफ्टलाई पछि पार्दै अमेजन विश्वकै ठूलो कम्पनी भएको छ । अमेरिकी सेयर बजार बन्न हुदा अमेजनको सेयरमा सोमबार ३.४ प्रतिशतले वृद्धि भएको थियो । जस अनुसार कम्पनीको बजार पुँजीकरण ७९६.८ अर्ब डलर पुगेको छ । यसैगरी माइक्रोसफ्टको मूल्यांकन ७८३.४ अर्ब डलर कायम भएको छ ।
ठूला कम्पनीको सूचीमा तेस्रो स्थानमा अल्फाबेट तथा चौथो स्थानमा एप्पल रहेको छ । अमेजनको यो उपलव्धीका साथ कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै धनी व्यक्तिको ताजलाई निरन्तरता दिनका लागि सफल भएका छन् । यो भन्दा पहिले पनि उनी विश्वकै सर्वाधिक धनी व्यक्तिको रुपमा रहदै आएका थिए ।
१९९७ मो १५ मे मा अमेजनको सेयर १८ डलरमा सूचीकृत भएको थियो । यद्यपि यसको मूल्य १६२९.५१ डलर रहेको छ । आईपीओमा १००० डलरको लगानीको मूल्य ८ लाख ९६ हजार डलर भन्दा पनि बढी भएका छ ।
ब्लूमबर्ग अर्बपतीको सूचीमा १३५ अर्ब डलर कुल सम्पत्तिका साथ बेजोस पहिलो स्थानमा रहदै आएका छन् । अर्बपतीको सूचीमा ९२ अर्ब डलरको कुल सम्पत्तिका साथ बिल गेट्स दोस्रो स्थानमा छन् ।
लगातार ७ वर्ष सम्म विश्वकै मूल्यवान कम्पनी भएपछि गत वर्षमात्रै एप्पललाई माइक्रोसफ्टले पछि पारेको थियो । यद्यपि ७०१.१ अर्ब डलरको बजार पुँजीकरणका साथ एप्पल चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्