‘निरन्तर समाजसेवा’ पुस्तक सार्वजनिक «

‘निरन्तर समाजसेवा’ पुस्तक सार्वजनिक

समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ र ‘हजुरलाई नमस्ते’ नामक दुई पुस्तक सार्वजनिक भएको छ ।समाज सेवालाई निरन्तरता दिइरहेको प्रमाण पुष्टि गर्न आफूले लिखित दस्तावेजको रुपमा पुस्तक सार्वजनिक गर्नु परेको समाजसेवी कुँवरको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको सो पुस्तकमा समाजसेवी कुँवरले समाज सेवाका क्षेत्रमा गरेका कामहरू समावेश गरिएको छ । आफूले चोखो मनले गरेका समाज सेवाको कामलाई पुष्टि गर्न सो पुस्तक प्रकाशित गर्नु परेको कुँवरले बताए ।
पुस्तकको विमोचन गर्दै पूर्वशिक्षामन्त्री एवम् नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले समाज सेवाको क्षेत्रमा कुँवरले पु¥याउनु भएको योगदानको राष्ट्रले उच्च सम्मान गर्नुपर्ने बताए । उनले मुलुकको समृद्धिका लागि पनि कुँवरजस्ता समाजसेवीहरूको आवश्यक्ता रहेको बताए । त्यसैगरी पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पनि गरिवको पक्षमा सेवा गर्दै आएका भन्दैै समाजसेवी कुँवरको प्रशंसा गरे ।
पुस्तकमा समाजसेवी कुँवरले भुकम्प, कोरोना, बाढी, पहिरो पीडितलाई दिनु भएको राहत, काठमाडौंको चक्रपथ सफाइ अभियानमा पु¥याएको योगदान, गाउँ–गाउँमा उनले चलाउनु भएको स्वास्थ्य सेवा अभियानलगायतका विषय वस्तुलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्