समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पेको सुविधा «

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पेको सुविधा

समृद्धि फाइनान्स कम्पनीले कर्पोरेट पे सुविधा दिन थालेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसात गर्दै ग्राहकहरुलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधार आईपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको छ ।
हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने जनाएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जनाएको छ ।
भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्