ज्योति विकास बैंक १४औं वर्षमा प्रवेश

ज्योति विकास बैंकले स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । हालको कोरोनाको महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक र कर्मचारीको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । सोही समारोहमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धधन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजना– २ का लागि सहयोग प्रदान गरेको छ । नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा ‘न्यानो नानी’ बेबीवार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।
बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवद्र्धधन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले केन्द्रको उक्त परियोजनाका लागि १० लाख २० हजार रुपैयाँ प्रदान गरे ।