मोबाइल टपअपमा खल्तीको १०% क्यासब्याक अफर «

मोबाइल टपअपमा खल्तीको १०% क्यासब्याक अफर

खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेटले ल्याएको छ ।
खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो । यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबै भन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीको दावी छ ।
प्रयोगकर्ताहरुका लागि रहेको यस अफरले मोबाइल टपअप गर्न पसल धाइरहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरी ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर सञ्चालनमा ल्याइएको खल्तीको ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए ।
एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्छ । साथै खल्ती केवाइसी पनि भेरीफाई भएको युजर खाता हुन पर्नेछ ।
क्यासब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम एक सय रुपैयाँ हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने एक प्रतिशत क्यासब्याक उपलब्ध हुने बताइएको छ । आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने एक प्रतिशत क्यासब्याक उपलब्ध हुने छ । साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पूरा भएपछि ट्रन्जेक्सन गरेको सबै अवधिको क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्