प्रोग्रेशिभ फाइनान्सका जनकपुर तथा पाँचखालमा शाखा सञ्चालन «

प्रोग्रेशिभ फाइनान्सका जनकपुर तथा पाँचखालमा शाखा सञ्चालन

प्रोग्रेशिभ फाइनान्सले प्रदेश–२ को जनकपुर उप–महानगरपालिका वडा नं २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । वित्तीय संस्थाका शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधा प्रवाह हुने बताइएको छ । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधा उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिने फाइनान्सले जनाएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोरोना महामारीका बीच स्थापना गरिएका नयाँ शाखाले जनकपुर र पाँचखालका नगर क्षेत्रसहित आसपासका स्थानीय तहमा बसोबास गर्ने स्थानीयाको घरदैलोमा पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाहलगायतका वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाको उपलब्धता रहेको फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ । फाइनान्सले केही दिनभित्रै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रमा थप ३ वटा शाखा र एउटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्