बजाजको नयाँ शोरुम जनकपुरमा «

बजाजको नयाँ शोरुम जनकपुरमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्स सञ्चालनमा ल्याएको छ ।
बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई डिलरसीप प्रदान गरिएको छ ।
ग्राहकहरूले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बजाजले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।
सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरूका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्