Logo

यती एयरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती जडान

यती एयरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।
यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।
उक्त ट्राफिक बत्तीका एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त उद्घाटन गरे । सो अवसरमा एयरलाइन्सका सीईओ रिमालले ट्राफिक संकेत बत्ती कन्ट्रोल स्वीचको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गरे ।
एयरलाइन्सले विगतमा ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण, उक्त क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै ट्राफिक सूचना बोर्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यसैगरी, ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट ज्याकेट समेत वितरण गरेको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्