शीतल पोखरी संरक्षण «

शीतल पोखरी संरक्षण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ मा रहेको शीतलपोखरीलाई पर्यटन पवबद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले व्यवस्थित गरिएको छ । वर्षौंदेखि ओझेलमा परेको तर पर्यटनका रूपमा प्रचार–प्रसार हुन नसकेको शीतलपोखरीमा विभिन्न पूर्वाधारका संरचना निर्माण गरेर व्यवस्थित गराइएको हो ।
कर्णाली प्रदेश सरकारअन्तर्रगत मुख्यमन्त्री स्वरोजगार कार्यक्रममार्फत अतिविपन्न तथा दलित लक्षित वर्ग विशेष कार्यक्रमबाट शीतलपोखरीमा पूर्वाधार निर्माण गरिएको मुसिकोट नगरपालिकाले बताएको छ । आर्थिक वर्ष ०७७/७८ को कार्यक्रमअनुसार लक्षित वर्गका ८५ महिला र १५ जना पुरुषलाई समेटेर झण्डै २० लाख लागतमा शीतलपोखरीको घेराबार, शौचालय निर्माण, सालिक तथा मेसिनरि वाल निर्माण गरिएको छ ।
शीतलपोखरी संरक्षणका लागि यस वर्ष थप गरिएका भौतिक संरचना निर्माणले स्थानीय बासिन्दामा खुसियाली छाएको छ । गएको वर्षमात्रै शीतलपोखरी प्रवद्र्धनका लागि पोखरीभित्र शिवमन्दिर निर्माणलगायत केही संरचना निर्माण गरेर पर्यटकीय क्षेत्रको थालनी गरिएको नगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्