सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने : प्रधानमन्त्रीको प्रतिबद्धता «

सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने : प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भए पनि जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिबद्धता जनाए का हुन् । “कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा गरी छाडने छु । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली जनतालाई कोरोना खोप पु¥याउने छौं । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो बाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।”
नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरूसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नु भयो । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेताहरूसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका कामहरू गरेर देखाउनु उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्ष समेत रहनुभएका एमाले संसदीय दलका नेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोपसमेत लगाए । संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उनले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो । उनले भने, “विपक्षी दलका नेता हुुनुहुन्न । पूर्वसभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनि हिँड्नुभयो । त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने–अव कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।”
प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरूलाई ह्वीप नलगाएको दाबीसमेत गरे । “पार्टीको पक्षमा मतदान गर्न मैले एमाले लगायतका सबै दललाई अनुरोध गरेको हुँ ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर नेम्वाङले उल्टो कुरा गर्नुभयो ।” त्यस अवसरमा उनले आफूलाई विश्वासको मत दिने सबैै सांसदहरूलाई धन्यवादसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्