मोरङ व्यापार संघमा निकासी प्रक्रिया विषयक तालिम «

मोरङ व्यापार संघमा निकासी प्रक्रिया विषयक तालिम

 व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुर र मोरङ व्यापार संघको संयुक्त आयोजनामा निकासीकर्ताहरूका लागि अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने एवं निर्यातका प्रक्रियाहरूसम्बन्धी जानकारी गराउने उद्देश्यले सोमबारदेखि निकासी प्रक्रिया तथा बजार विश्लेषण विषयक तालिम सुरु भएको छ । बिहीबारसम्म चल्ने ४ दिने सम्मेलनको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा उद्घाटन गरे ।
तालिम कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुरका उपनिर्देशक राजेन्द्र सिंह र उपनिर्देशक सिद्धिचरण दाहालबाट तालिम दिइने आयोजकले जनाएका छन् । मोरङ–सुनसरी कोरिडोरका विभिन्न निर्यातमूलक उद्योगहरूका निर्यात प्रतिनिधिहरू उक्त तालिममा सहभागी छन् । कार्यक्रममा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासचिव नविन रिजाल, सचिव अनिल कुमार साह, का.का.सदस्यहरू अनिल सारडा, दिपेश सुवेदी, राजेशकुमार अग्रवाललगायत उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, विराटनगरका क्षेत्रीय प्रमुख कृष्ण रेग्मी, विभिन्न उद्योग प्रतिष्ठानका निर्देशकहरू, सञ्चालकहरू तथा प्रतिनिधिहरू एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्