खप्तड गोल्डकपका विजेतालाई २१ लाख «

खप्तड गोल्डकपका विजेतालाई २१ लाख

धनगढी-सुदूरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु भएको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपमा प्रथम हुने टिमले २१ लाख रुपैयाँ नगद पाउने भएका छन् । उपविजेताले १० लाख रुपैयाँ पाउनेछ भने उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल पाउनेछन् ।
विधागत रुपमा उत्कृष्ट विजेताले जनही १५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहनेछ । सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रुपमा नै फुटबललाई बेग्लै पहिचान दिएको खप्तड गोल्डकपका अध्यक्ष सुरेश हमालले बताए । प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाइनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्