लायन्स क्लबद्वारा वीउवासंघका पदाधिकारी सम्मानित «

लायन्स क्लबद्वारा वीउवासंघका पदाधिकारी सम्मानित

लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यसमिति सदस्यलाईसम्मान गरेको छ ।
संघका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष सञ्जय खेतानले सम्मान गरे ।
अध्यक्ष खेतानले आफ्नो कार्यकालमा हालसम्म गरिएका कामहरुको बारेमा जानकारी दिँदै आगामी एक वर्षको लागि नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई आफ्नो पद हस्तान्तरण गरे । अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्पूर्ण लायन्स क्लबको सम्मान रहेको बताउदै सम्मान गरेको प्रति क्लबलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्