लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत लाभांश दिने «

लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत लाभांश दिने

सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुले गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकको प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेको दुवै म्युचुअल फण्ड गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।
लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/०७८ को लागि इकाइधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ । जसको लागि यही साउन १३ गतेको लागि बुक क्लोज मिति तय भइसकेको छ ।
त्यस्तै, लक्ष्मी बैंकको प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केटले नै व्यवस्थापन गरेको लक्ष्मी इक्विटी फण्ड पनि आर्थिक वर्ष २०७७/०७८ को लागि इकाइधनीलाई करसहित ३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्