सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन बजारमा «

सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन बजारमा

सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरीएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ ।
युरोपमा उत्पादन भएका कारण यी सामग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेको कम्पनीको दावी छ । यसमा डिजिटल ड्राइभ मोटर रहेको छ, जसले बिजुलीको बचत गराउने बताइएको छ ।
यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले लुगालाई हेरचाह गरि सफासँग धुने र लुगाको आयु पनि बढाउँछ । यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ । यो प्रोग्रामले तपाइँको कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई कपडा स्वच्छ राख्दछ । यो वासिङ मेसिन बुम¥याङ बडी सेपमा रहेको हुनाले कपडा धुँदा भाइब्रेसन कम हुने बताइएको छ ।
यसमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा तपाईले मेसिन कम लोडमा चलाउँदा पनि विजुली तथा पानीकम खाने गर्दछ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको हुनाले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सकिने बताइएको छ । यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै लुगा सुकाइ दिने भएकाले यो मनसुन मौसमा एकदम नै उपयोगी हुनेछ । कम्पनीले यसको खरिदमा १० वर्षकोमोटर वारेण्टीसमेत प्रदान गरेको छ ।
यस्तै डिसवासर १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ । यसमा डिस्प्ले स्किृन तथा टच स्किृन भएकाले डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीले जनाएको । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् ।जसलाई तपाईले आफ्नो आवश्यकता अनुसार प्रयोग गरी आफ्नो भाँडालाई सफा गर्न सहयोग गर्ने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्