कतार एयरवेजलाई २०२१ एयरलाइन रेटिङ अवार्ड

कतार एयरवेज एयरलाइन रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइनबाट सम्मानित भएको छ ।
एयरलाइनले मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ । कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेस्रो पटक हो ।
एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन उद्योगको सर्वश्रेष्ठ एयरलाइनलाई सम्मानित गर्छ ।
एयरलाइन रेटिङका सम्पूर्ण विधाका अवार्ड उड्डयन क्षेत्रका दक्ष एवं अनुभवी विज्ञहरूको विस्तृत मूल्यांकन तथा मापदण्डका आधारमा दिइने गरिएको एयरवेजले जनाएको छ ।