मनाङमा अब करिब ३ हजार मात्रै कोभिड खोप लगाउन बाँकी «

मनाङमा अब करिब ३ हजार मात्रै कोभिड खोप लगाउन बाँकी


हिमाली जिल्ला मनाङमा करिव ३ हजार जनामात्रै कोरोनाविरुद्ध खोप लगाउन बाँकी रहेको पाइ एको छ । न्युन जनसंख्या रहेको मनाङमा यसअघिनै करिव दुईहजार जनालाई कोभिशिल्ड र भेरोशिल्ड खोप लगाइसकेकाले अब ३ हजार मात्रा खोप प्राप्त भएमा मनाङका सवै नागरिकहरूले खोप पाउने स्वास्थ्य कार्यालय मनाङले जनाएको हो ।
स्वास्थ्य कार्यालय मनाङकाअनुसार जिल्लाको नार्पा भूमिगाउँपालिका अन्तर्गतका सबै नागरिकहरूले कोरोना विरुद्धको खोप पाइसकेका छन् । कोरोना खोप लगाउन योग्यनार्पा भूमिका ३ सय ९६ जनालाई विभिन्न चरणमा भेरोशिल्ड खोप लगाई सकिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
मनाङका स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको चामे गाउँपालिकामा ५ सय ९५ जना, नासोङ गाउँपालिकामा ६ सय दुई जना र ङिस्याङ गाउँपालिकाअन्तर्गत ३ सय ८२ जनालाई खोप लगाई सकिएको कार्यालय प्रमूखआचार्याले बताए । मनाङमाकोरोना विरुद्धखोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी १ सयभन्दा कम रहेको पनि स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
मनाङमा हाल बाढीपहिरोको प्रभावसँगै विपद संकट क्षेत्र घोषणा गरिएकाले सबै नागरिकहरूलाई पुग्ने गरी खोप उपलब्ध गराईदिनप्रदेश सरकार र संघीय सरकार समक्ष अनुरोध गरिएको डिसिसिएमसी मनाङले जनाएको छ । सवै नागरिकका लागि खोप उपलब्ध गराउन प्रदेश सरकारले अनुमती दिए पनि संघिय सरकारले अनुमतीनदिएको डिसिसिएमसीमनाङकाअध्यक्षएवं प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
यसैबीच कोभिड–१९ विरुद्ध खोप अभियानअन्तर्गत मनाङमा बिहीबारदेखि जोन्सोन खोप लगाउन सुरु भएको छ । जिल्लाका सबै स्थानीयतहका स्वास्थ्य केन्द्रमार्फत ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक र यसअघि प्राथमिकतामा परी छुटेकाहरूलाई खोप लगाउन सुुरु गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको हो ।
अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप अन्य जिल्लाहरूमा यसअघिनै लगाउन सुरु गरिए पनि मनाङमा बिहीबारबाट मात्रै लगाउन सुरु भएको हो । अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार आठसय ५० मात्रा खोपमध्ये मनाङका लागि ३ सय डोज आएको थियो । बाढी र पहिरोको प्रभावका कारण मनाङका सबै स्थानीयतहहरूमा हेलिकप्टरमार्फत खोप पु¥याइएको हो ।

प्रतिक्रिया दिनुहोस्