सुनको मूल्य ३ सय रुपैंयाले उकालो लाग्यो «

सुनको मूल्य ३ सय रुपैंयाले उकालो लाग्यो

गत बुधबार ७ सय रुपैंयाले घटेर ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार ३ सय रुपैंयाले बढेर ९२ हजार १ सय रुपैंया कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैंयाले बढेर ९१ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीमा भने आज पनि १० रुपैंयाले नै बढेर १२ सय ८० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्