दुर्गमका विद्याथीलाई न पुस्तक,न इन्टरनेट «

दुर्गमका विद्याथीलाई न पुस्तक,न इन्टरनेट


पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र भएको छ । सुरुवातीदेखि नै विद्यालय पूर्णरूपमा बन्द छन् । जसका कारण लाखौ विद्यार्थीको पढाइ प्रभावित भएको छ । यद्यपि विद्यालयहरूले चाहेको खण्डमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याउने सकिने अवस्था छ । तर, लाखौंको पुस्तक गोदाममा महिनौदेखि थन्किए पनि विद्यालयहरूले चासो नदिँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
दोस्रो लहरको कोरोनाले शिक्षा क्षेत्र लामो समयसम्म प्रभावित हुन सक्ने कुरालाई मध्यनजर गर्दै डिसिसिएमसीको बैठकले जुम्लाका सबै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने निर्णय गरेको ।
जुम्लाका करिब १ सय ७० वटा विद्यालयहरूले पुस्तक खरिद गरेर लिने र अनुकूलता अनुसार घरमै पुगेर पुस्तक वितरण र सो अध्यायनका लागि परामर्श दिने निर्णय भएको हो । निर्णय भएको हप्तादिन बितिसक्दा पनि पुस्तक लिन कुनै विद्यालय नआएको जिपि स्टेसनरी तथा सप्लार्यसका प्रमुख गणेश रोकाया बताउँछन् ।
उनले भने, “कोरोनाले पुस्तक विक्री नहोला भनेर कमै ल्याइयो । अबस्था साामान्य हुदै जाँदा पनि विद्यायहरू पुस्तक लिन आएनन् । विद्यालयहरूले चाहेमा विद्यार्थीका हातमै पुस्तक पुराउन सकिन्छ । फागुनमा किताब ल्याउँदा जुम्लाका ४०÷४५ विद्यालयले लिइसकेका छन् । अझै धेरै विद्यालय बाँकी छन् । बाँकी सबै विद्यालयले किताब लिएर विद्यार्थीकै हातमा किताब पु¥याउन भन्ने अपेक्षा हो ।”
डिसिसिएमसीको बैठकले जुम्लाका सबै विद्यार्थीका हातमा पुस्तक पु¥याउने निर्णय गरेपनि हालसम्म निर्णय कार्यान्वयन नभएको पाइँदैन । कोरोनाले ग्रामिण क्षेत्रका विद्यार्थीहरूले पुस्तक किन्ने समेत समय नपाएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकमा जिल्लामा अव वालवालिकाका हातमै पुस्तक पुराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।
उनका अनुसार सरोकारवाला निकायहरूबाट गुनासो आएपछि अव निषेधाआज्ञा कम हुँदै गइरहेको समयमा कम्तीमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन आवश्यक देखिएको छ । डिसिसिएमसीको निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन् ।
कोरोना संक्रमणले विद्यालय जाने बाताबरण त भएन । तर, घरमै पनि पुस्तक पुरयाउनुपर्ने सूझाव पछि कोभिड संकट व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको थियो । तर, विद्यालयहरूले कार्यान्वयन भने गरेका छैनन् ।
विगतका वर्षमा फागुन महिनामै शक्षिक सत्र सुरु हुने र चैत महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुग्थ्यो । तर, यस वर्ष साउन लागिसक्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन् । गोदामै थन्किएका छन् । पाठ्यपुस्तकमा समेत लगानी गर्न व्यापारीहरूलाई मुस्किल परेको छ ।
जिपी स्टेसनरी एण्ड सप्लार्यले यस वर्ष २५ लाखका पुस्तक ल्याएर ४०÷४५ विद्यालयले लिएका छन् । तर सबै विद्यार्थीका हातमा पुग्न सकेको छैन् । डिसिसिएमसीको निर्णयअनुसार सबै विद्यालयले विद्यार्थीको हातमा पुस्तक चाँडै पुराउनु पर्नेमा जीपि स्टेसनरीका प्रमुख गणेश रोकायाको जोड छ ।
एकातर्फ विद्यार्थीले पढ्न नपाउने अर्कोतिर पुस्तक गोदाममा थन्किने समस्याले आर्थिक संगै शैक्षिक क्षेत्र दोहोरो रूपमा असर परेको छ । उनका अनुसार कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन केही मात्रै बाँकी छन् ।
तर, जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरू छुटेकोमा चिन्ता छ । जीपि स्टेशनरीले जिल्ला भरी बर्सेनि १ करोड ५० लाखका पुस्तक ल्याउँथ्यो । तर, यस वर्ष कोरोनाले थोरै ल्याएको त्यही पनि विद्यालय लिन आएका छैनन् । अझै कोरोनले विद्यालय कहिले खोल्ने टुंगो छैन् ।
तर, घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक पुराउनु पर्नेमा मेरो जोड छ । यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको १८ लाखको पुस्तक बिक्री नभएर स्टक भएका बताएको छ । स्टेसनरीका प्रवन्धक सुमन खड्काका अनुसार २ लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएका छन् ।
जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीले जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिइसकेको हँुदा अब विद्यालयले चाँडै विद्यार्थीको हातमा पुस्तक पु¥ाउनुपर्नेमा जोड दिए ।
त्यसैले ढिला नगरी जुम्लाका सबै विद्यालयहरूले पुस्तक लिएर विद्यार्थीको हातमा पुराउने व्यवस्थापन गर्न जरुरी छ । हाल जुम्लामा १ सय ७० विद्यालयका करिब ४० हजार विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्