गाउँमा सोलार बत्ती बलेपछि जहदाका सन्थाल समुदाय दंग «

गाउँमा सोलार बत्ती बलेपछि जहदाका सन्थाल समुदाय दंग

विराटनगर-सुगम जिल्ला भएर पनि मोरङका कतिपय गाउँपालिकामा अझै पनि बिजुली बत्ती पुग्न सकेको छैन । त्यसमध्येकै मोरङको जहदा गाउँपालिकास्थित सन्थाल बस्ती पनि एक हो । जहाँ वर्षौंदेखि अँध्यारोमा जीवन बिताइरहेका छन् सन्थाल समुदायका मानिस ।
टुकी र लालटिन उनीहरूका लागि रातको सहारा हो । तर, हालै सोलार बत्ती जडान गरेपछि गाउँ नै झलमल भएको छ । बत्तीले गाउँ उज्यालो भएझैं खुसीले स्थानीय सन्थाल समुदायका मानिसको मुहारमा उज्यालो छाएको छ । बत्ती बलेसँगै जीवनयापन गर्न सहज भएको स्थानीयको भनाइ छ । बत्ती पुगिसकेपछि बालबालिकालाई पढ्न सहज भएको छ भने काम गर्न पनि सजिलो भएको छ । “हामीले त गाउँमा यसरी बत्ती बल्छ भनेर कल्पना पनि गरेका थिएनौं,” स्थानीय मनोज सन्थालले भने, “यसरी बत्ती बल्दा निकै नै खुसी लागेको छ ।”
जहदा गाउँपालिकाका दुुईवटा वडामा सोलार मिनी ग्रिड जडान भएपछि सन्थाल समुुदायको घरघरमा उज्यालो पुुगेको छ । सुुकुुम्वासी विपन्न सन्थाल समुुदायले विद्युत् महसुुल तिर्न नसक्ने भन्दै लामो समयदेखि बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुुग्न सकेको थिएन । जहदा–२ स्थित वीरपुुरमा ८ किलोवाटको र ७ नम्बर वडामा ५ किलोवाटको सोलार मिनीग्रिड जडान गरिएको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।
मिनीग्रिडबाट जहदाका २ र ७ नम्बर वडाका ८० घरपरिवार लाभान्वित भएका छन् । साढे ६५ लाख रुपैयाँको लागतमा मिनीग्रिड जडान गरिएको बताउँदै जहदा गाउँपालिकाका प्रमुख कैलाशप्रसाद मण्डलले गाउँपालिकाले साढे १२ लाखभन्दा बढी रकम सहयोग गरेको बताए ।
लामो समयदेखि राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको सन्थाल समुुदायको बस्तीमा उज्यालो पुु¥याउन सोलार बत्ती जडान गरिएको हो । सुुकुुम्वासी सन्थाल समुुदायसँग मिटर जडान गर्र्न रकम नभएको अवस्थामा उनीहरूको घरघरमा उज्यालो पुु¥याउन गाउँपालिकाले परियोजना सञ्चालनमा ल्याएको वडाध्यक्ष भगवान बेसराले बताए ।
गाउँपालिकाले सन्थाल वस्तीमा उज्यालो कार्यक्रमअन्तर्गत धुँवारहित चुुलोसमेत वितरण गरिसकेको छ । यसअघि सो परियोजनाअन्तर्गत १ करोड २० लाखको लगानीमा मिक्लाजुुङ गाउँपालिकाको रमितेखोलास्थित बैकुुण्ठे बजारमा २० किलोवाटको मिनीग्रिड सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्