Logo

टर्किस एयरलायन्सको विमान दुर्घटना, १६८ यात्रु सकुसल

१ सय ६८ यात्रु बोकेर टर्कीको अंकाराबाट उडान भरेको टर्किस एयरलायन्सको विमान काल सागरको तटमा दुर्घटना भएको छ । विमान समुद्रमा खसेकाले सबै यात्रु र चालक दलका सदस्य भने सकुसल रहेका छन् ।
धावनमार्ग समुद्रबाट थोरै मात्र माथि रहेको छ र किनारामा माटोको ढलान रहेको छ । यसको नजिकै समुद्र रहेको छ ।
विमानको अगाडिपट्टिको हिस्सा समुद्रतर्फ भएपनि समुद्रमा खस्नबाट झिनो अन्तरले जोथिएको छ ।
गभर्नर युसेल यावुजाले विमानका सबै यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालिएको बताएका छन् ।
दुर्घटना के कारणले भएको भन्ने बारेमा जाँच भइरहेको अधिकारीले बताएका छन् । विमान नियन्त्रण बाहिर गएपछि यात्रुबीच हल्ला मच्चिएको एनाडोल न्यूज एजेन्सीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्