ब्रेन डेड घोषित लाइफ सपोर्ट सिस्टम बन्द गरिएपछि बिउतिय «

ब्रेन डेड घोषित लाइफ सपोर्ट सिस्टम बन्द गरिएपछि बिउतिय

वासिङटन-अमेरिकाको नेब्रास्कामा बस्ने स्कट मार एक महिना अगाडि मस्तिष्कघातपछि बेहोस भएका थिए । अस्पतालमा कैयौ दिनसम्म पनि मस्तिष्कबाट कुनै प्रतिक्रिया नआएपछि उनलाई ब्रेन डेड घोषित गरिएको थियो । परिवारलाई पनि स्कटलाई होस आउने कुनै आशै थिएन । यसपछि उनको लाइफ सपोर्ट सिस्टम बन्द गरियो । तर यसो गर्ने वित्तीकै अर्कोदिन उनको होस फर्कियो । विश्वभरी यो घटनालाई चमत्कारको रुपमा हेरिएको छ ।
डाक्टरले स्कटलाई होस नआउने घोषणा गरेपछि उनका परिवारका लगभग सबै सदस्यले पनि उनी बाच्ने आश मारेका थिए । स्कटकी छोरी प्रेस्टनले भनेकि छन्,“हामीलाई लागेको थियो कि बुबा कहिले पनि होसमा आउनु हन्न । उनले भन्ने गरेका थिए कि छोराछोरीले मलाई कहिलेपनि अस्पतालको शैयामा देख्न नपरोस । यसैले डाक्टरको घोषणापछि हामीले सबै आशा मारेका थियौ । उनको लाइफ सपोर्ट सिस्टम बन्द गरियो र अन्तिम संस्कारको तयारी सुरु गरियो ।”
यद्यपि लाइफ सपोर्ट सिस्टम बन्द गरिएपछि पनि स्कटको स्वास चलिरहेको थियो । प्रेस्टनका अनुसार उनले अस्पतालमा बुबाले सास फेरेको देखेपछि उनलाई औला चलाउन भनिन् । बुवाले विस्तारै औला चलाउनु भयो । यसपछि उनले डाक्टरलाई बोलाएर बुवाको जाँच गराइन् ।
स्कटको उपचारमा लागेका डाक्टरको टोलीमा सहभागी डा. रेबेकार रन्जका अनुसार स्कट जुन बिरामीबाट चलिरहेका छन् त्यो ठिक हुने खालको थिएन र अन्त्यमा उनको ब्रेन डेड भएको आशंका गरियो । डा. रेबेकारका अनुसार लाइफ सिस्टम सपोर्ट बन्द भएपछि पनि स्कटले प्रतिक्रिया दिएपछि उनीमाथी थप परिक्षण गरिएको थियो । यसबाट थाहा भयोकि उच्च ब्लड प्रेसरका कारण उनलाई स्ट्रोक भएको थियो । यसबाट उनको बिमारी ठिक हुन सक्छ भन्ने हामीलाई लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्