कास्कीमा ९० प्रतिशत बजेट खर्च «

कास्कीमा ९० प्रतिशत बजेट खर्च

पोखरा-कास्कीमा आर्थिक वर्ष २०७७-७८ को असार मसान्तरसम्म ९० प्रतिशत बजेट खर्च भएको छ । कास्कीमा करिब ६ वटा निकाय तथा संस्थालाई संघीय सरकार अन्र्तगतको कोष तथा लेखा नियन्त्रक कार्यालयले गत वर्षका लागि ३० अर्ब ६४ करोड ६६ लाख अर्थात ९० प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
गत वर्ष संघीय सरकारमार्फत कास्कीका ५ वटा पालिकालाई ३४ अर्ब २० करोडको बजेट आफ्नो कार्यालयलाई प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रामजी शर्माले बताए । चालुतर्फ २६ अर्ब ५० करोडको बजेट मध्ये ९१ प्रतिशतले २५ अर्ब ३५ करोड कार्यालयले सम्बन्धित निकायलाई खर्चका लागि निकासा गरेको शर्माले जनाए । त्यस्तै पुँजीजगततर्फ ६९ प्रतिशत प्रगती भएको छ । ७ अर्ब ७० करोड कुल पुँजीतर्फको बजेट मध्य ५ अर्ब २९ करोड निकासा गरेको उनले जनाए ।
कोरोनाको कारण यस वर्ष बाँकी १० प्रतिशत अर्थात ३ अर्ब ५६ करोड रुपैयाँ खर्च हुन नसकेको शर्माले बताए । फ्रिज भएको रकम सम्बन्धित निकायहरुले खर्च गर्न नसकेको हुँदा कार्यालयमै रहेको प्रमुख शर्माले जनाए । संघीय सरकारमार्फत प्राप्त भएको १५ अर्ब १० करोड विनियोजित बजेटमध्ये कार्यालयबाट गत असार मसान्तरसम्ममा १३ अर्ब ९६ करोड खर्च गर्नका लागि निकासा गरिएको प्रमुख शर्माले जनाए ।
विभिन्न सर्तमा विनियोजन भएको रकम मध्ये निर्धारित मितिमा नसकिएको बजेट भने केही संस्थामा त केही पुनः कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता गर्नुपर्ने अवस्था रहने भएको शर्माले बताए । त्यसैगरी पोखरा महानगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने २ अर्ब ७१ करोडको बजेटमध्ये असार मसान्तरसम्ममा २ अर्ब ४७ करोड खर्च गर्नको लागि निकासा गरिएको उनको भनाइ छ ।
त्यस्तै कास्कीको मादी गाँउपालिकालाई कार्यालयले ३४ करोड २६ लाखको बजेट विनियोजन गरे पनि असार मसान्तरसम्ममा ३२ करोड ८५ लाख बजेट निकासा भएको कार्यालयले जनाएको छ । माछापुच्छ«े गाउँपालिकाले संघीय सरकारबाट गत वर्ष प्राप्त गरेको ३९ करोड ४३ लाखमध्ये असार मसान्तरसम्म ३८ करोड ९४ लाख कार्यालयबाट खर्च गर्नका लागि निकासा भएको शर्माले जनाए । अन्नपूर्ण गाउँपालिकाले संघीय सरकारबाट प्राप्त बजेटमध्ये ४२ करोड ४२ लाख खर्च गर्न सफल भएको छ । अन्नपूर्णको लागि कुल बजेट ४२ करोड ५१ लाख विनियोजन भएको थियो ।
कास्कीको रुपा गाउँपालिकाले संघीय सरकारबाट प्राप्त ३२ करोड ४१ लाखको बजेटमध्ये कोष तथा लेखा नियन्त्रक कार्यालयबाट असार मसान्तरसम्म ३१ करोड ७३ लाख खर्च गर्नको लागि निकासा गरेको थियो ।
संघीय सरकार अन्र्तगत कास्कीमा ९९ वटा सरकारी कार्यालयहरु रहेका छन् । गत वर्ष कास्कीमा पुँजीगततर्फ ७२ प्रतिशत, चालुतर्फ ८८ प्रतिशतसहित समग्रमा ८४ प्रतिशत मात्र बजेट खर्च भएको कार्यालयले जनाएको छ । गत वर्षको बजेट करिब २५ अर्ब रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्