ग्यास बिक्रेता महासंघ–प्रधानमन्त्री भेट

ग्यास बिक्रेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भटेर ग्यास क्षेत्रमा भएका समस्याका बारेमा जानकारी गराएका छन् । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर विभिन्न सुझाव दिएका हुन् ।
ग्यास बारेमा जनचेतनाको अभाव र ग्यास उद्योगीहरूले सुरक्षाका लागि पर्याप्त ध्यान नदिँदाको परिणाम धेरै जनधनको समेत क्षतिले सुरक्षामा विशेष जोड दिनुपर्ने महासंघको भनाइ छ ।
जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएपछि ग्यासको प्रयोगबाट हुने दुर्घटनाका घट्नामा कमी आउनुका साथै ग्यास उद्योगसमेत स्वचालित बन्ने प्रतिस्पर्धा सुरु भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग्यासको व्यापारलाई सुरक्षित मात्रै नभइ व्यवस्थित बनाउनसमेत प्रमुख भूमिका खेलेको महासंघको भनाइ छ ।
“ग्यास कार्डको प्रयोगमार्फत प्रयोगकर्ताको विवरण अभिलेखिकरण गर्ने मात्रै होइन अभावका बेलामा सहज वितरण प्रणाली स्थापित गर्न हामीले १० वर्ष अगाडि नै पहल थालेका थियौं” विज्ञप्तिमा भनिएको छ, “तर यो प्रणालीलाई सरकारी तहबाटै कार्यान्वयमा आउन सकेको छैन ।”