Logo

‘विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न उत्प्रेरक व्यवसाय मोडल’


सन् २०३० भित्र विद्युतीय सवारी साधनहरुको प्रतिस्थापन गर्ने सरकारको घोषणा कार्यान्वयन गर्न सरोकारवालाहरुले उत्प्रेरित गर्ने खालको व्यावसायिक मोडल आवश्यक रहेको बताएका छन् ।
युएसएडको ऊर्जा नेपाल र साउथ एशिया रिजनल इनर्जी हबले आयोजना गरेको विद्युतीय सवारी साधन सम्बन्धी कार्यशालामा उनीहरुले यसलाई उच्च महत्व दिएर उत्प्रेरक खालको व्यवसायिक मोडल पहिचान गरी स्थानीय, क्षेत्रीय, राष्ट्रिय र प्रादेशिक क्षेत्रमा लगानी बढाएर द्रूत गतिमा अघि बढ्नुपर्ने बताए ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय विज्ञसहित सरकारी र निजी क्षेत्रका गरी ३५ सहभागी रहेको भर्चुअल कार्यशाला सरकारले अघि बढाएको योजनालाई गति दिनका लागि सकारोवालाको विश्वका अभ्यास र नीतिहरु, लागत र फाइदा, बहुमुखी व्यापारिक मोडलको विकल्प, गुणस्तरीय चार्जिङ पूर्वाधार र यसबारे जनचेतना जगाउनका लागि ज्ञानमा सुधार गर्ने गरी आयोजना गरेको युएसएडले जनाएको छ ।
चालु वर्षको बजेटमा उच्च महत्व दिँदै विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि भन्सारमा छुट दिनुका साथै चार्जिङ स्टेशन निर्माणमा जोड दिएको छ । “वातावरणमैत्री यातायात पूर्वाधार विकासका लागि सरकारले अघि बढाएको प्रतिवद्धता पूरा गर्नका लागि यो यो कार्यशाला उपयुक्त समयमा भएको छ” युएसएडका वातावरण तथा ऊर्जा विज्ञ शंकर खागीले भने, “अमेरिकी सरकारले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी विश्वमै ग्रीन हाउस ग्याँसको उत्सर्जन घटाउने कार्यलाई प्राथमिकता दिइरहेको छ, यसले नेपालमा पनि विश्व व्यापीको जलवायु परिवर्तनको असर कम गर्न सहयोग पुर्याउनेछ ।”
नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी साधन चार्जिङ पूर्वाधार विकास परियोजनाका प्रबन्धक सागरमणि ज्ञवालीले सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि काम अघि बढाएको बताउँदै यसको उपयोगिता बढाउनका लागि सबैको सहकार्य जरुरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्