भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुशार उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको जनाएको छ ।