नेप्सको पाँचौं वार्षिक साधारणसभा «

नेप्सको पाँचौं वार्षिक साधारणसभा

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लिमिटेडले शुक्रबार कम्पनीको पाँचौं साधारणसभा सम्पन्न गरेको छ । उक्त सभामा सञ्चालक समितिका अध्यक्ष एवं सभाका सभापति रविन नेपालले कम्पनीको आर्थिक वर्ष २०७४/०७५को वित्तीय विवरणहरू प्रस्तुत गर्दै कम्पनीको भावी कार्यक्रम तथा रणनीतिका बारेमा जानकारी गराएका थिए ।
कम्पनीले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई सरल, सुलभ, आधुनिक तथा सुरक्षित रूपले कार्डसम्बन्धी सेवा प्रदान गर्न सक्षम भएकोमा अध्यक्ष नेपालले सराहना व्यक्त गर्दै नेप्स, १६ वटा बैंक तथा वित्तीय संस्थाहरूद्वारा संस्थापित एवं सञ्चालित, पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्याण्डर्ड प्रमाणित कम्पनी भएको पनि बताए । कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मका रूपमा विस्तारित हुँदै आएको तथा आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई भिसा कार्ड तथा युनियन पे कार्ड सेवाको लागि होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आएको र माष्टर कार्डसँगको सहकार्यमा माष्टरकार्डका सेवाहरू पनि निकट भविष्यमा सञ्चालन गर्ने तयारी गर्र्दै रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्