पबजी प्रतियोगिताका विजेतालाई टिभइएस स्कुटर «

पबजी प्रतियोगिताका विजेतालाई टिभइएस स्कुटर

एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१ जीजीसीओद्वारा टीभिएस सुपर स्वार्ड इडिसनको सहयोगमा प्रतियोगिताको आयोजना भएको थियो । उक्त प्रतियोगितामा देशभरबाट ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए । २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टिभिएस एनटर्क स्कुटर जित्नका लागि प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिता जगदम्बा मोटर्स अन्र्तगतको टिभिएसले नेपाली गेमिंगको समुदायलाई सहयोग पु¥याउनको लागि आरम्भ गरेको जनाएको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपाली खेल प्रेमिको प्रतिभाको प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगिताको फाइनल राउण्डमा ४८ टिमहरू सामेल गरिएका थिए । टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो ।
कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टुर्नामेन्टहरू थिए । टोलीहरू फरक सीप स्तरका थिए, र तीन भाग्यशाली बिजेताले टिभीएस मार्वल थिम्स एडिसन स्कुटरको तीन सिरिजहरू जित्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्