वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको रक्तदान कार्यक्रम «

वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको रक्तदान कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपण तथा संघको झण्डोत्तलन गरेका थिए ।
३२औँ वर्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।
वािर्षकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । वार्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्