युरोकप विथ फोन लोन’का विजेता लक्ष्मी बैंकका ग्राहक खाति «

युरोकप विथ फोन लोन’का विजेता लक्ष्मी बैंकका ग्राहक खाति

फोनलोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खतिले सामसङको ५५ इन्च स्मार्ट टीभी जितेका छन् ।
सो क्याम्पेन गएको असार १ देखि २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सञ्जालका लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।
यस क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो । विजेता छनोट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्