सुनसरीको धरानमा डिसहोमको फाइबरनेट सेवा «

सुनसरीको धरानमा डिसहोमको फाइबरनेट सेवा

डिसहोमको फाइबरनेट सेवा सुनसरीको धरानमा पनि विस्तार भएको छ । डिसहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र सर्वसाधारणलाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।
डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधा उपलब्ध रहेको कम्पनीको दावी छ । फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा यसअघि नै डिसहोम फाइबरनेटको सेवा पुगिसकेको छ । नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, वीरगञ्जलगायत अन्य स्थानमा पनि कम्पनीले चाँडै नै सेवा विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्