प्रभु बैंकको कान्तिपुर डेण्टल हस्पिटललाई सहयोग «

प्रभु बैंकको कान्तिपुर डेण्टल हस्पिटललाई सहयोग

प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठकाबीच सहयोग सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
बैंकले उपलब्ध गराएको आर्थिक सहयोगमा अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको जनाएको छ ।
यसबाट अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्