अमेरिकामा हिन्दु समुदाय सर्वाधिक शिक्षित «

अमेरिकामा हिन्दु समुदाय सर्वाधिक शिक्षित

वासिङटन-अमेरिकी धामिक समूहबीच हिन्दु समुदाय कलेज डिग्रीको आधारमा सर्वाधिक शिक्षित समुदाय भएको छ । यसपछि सर्वाधिक शिक्षित समुदायमा युनिटेरियन युनिभर्सलिस्ट, यहूदी एङलिकन तथा एपस्कोपल रहेका छन् । एक अध्ययनले यस्तो देखाएको हो ।
अध्ययनकर्ताले ४ वर्षको कलेज डिग्री लिएको आधारमा यो निश्कर्ष निकालेका हुन् । अध्यनकर्ताका अनुसार यो सामान्य रुपमा आर्थिक सफलताका लागि महत्वपूर्ण हुनेछ । कलेज डिग्रीमा सर्वाधक संख्या हिन्दुहरुको रहेको छ । यो आंकडा ७७ प्रतिशत हो । युनिटेरियन ६७ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका छन् । यो समुदायले भगवानको अलौकिक सक्ति भन्दा पनि नैतिक अधिकारमा विश्वास राख्छ । ५९ प्रतिशतका साथ यहूदी तथा एङलिकन तेस्रो स्थानमा रहेको छ । ५६ प्रतिशतका साथ एपिस्कोपल चर्च शीर्ष ५ को सूचीमा परेका छन् । नास्तिक ४३ प्रतिशत तथा परमेश्वरको अस्तित्व न प्रमाणित गर्न सकिन्छ न अप्रमाणि गर्न सकिन्छ भन्ने मान्यता पाल्ने अज्ञेयवादी ४२ प्रतिशत रहेका छन् । डिग्री भएका मुश्लिमको आंकडा ३९ प्रतिशत र क्याथोकिको २६ प्रतिशत रहेको छ ।
धर्मको आधारमा अमेरिकामा जनसंख्याको गणना गरिएको छैन । तर अनुमानित ३२ करोड ५० लाखको जनसंख्यामा हिन्दुको ०.७ प्रतिशत मात्रै रहेको छ । यो २०१४ को पीउ रिसर्च सेन्टरको अध्ययनले देखाएको हो । अन्य अनुमानका अनुसार यो संख्या २० देखि ३० लाख सम्म रहेको छ ।
भारतीय क्षेत्रका अमेरिकी समुदायले अमेरिकामा सर्वाधिक धनी तथा सर्वाधिक शिक्षित रुपमा आफ्नो पहिचान बनाएका छन् । अधिक शिक्षित हुनालेनै हिन्दु तथा यहूदी अमेरिकामा धनी भएको पिउको अध्ययनले देखाएको छ । यो संगठनले आर्थिक सफलता तथा शिक्षाकोबीचको सम्बन्धको बारेमा जानकारी दिएको छ । पिउको २०१४ को अध्ययन अनुसार यहूदी तथा हिन्दुको वार्षिक आम्दानी धेरै रहेको छ । यहूदीमा १० मा ४ अर्थात् ४४ प्रतिशत र हिन्दुमा १० मा ३ अर्थात् ३६ प्रतिशत मानिसको वार्षिक कमाई १ लाख डलरको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्