जापानी अर्बपतिको ट्वीट ३ दिनमा ४९ लाख पटक रिट्वीट «

जापानी अर्बपतिको ट्वीट ३ दिनमा ४९ लाख पटक रिट्वीट

टोकियो-जापानका ४३ वर्षिय अर्बपति व्यवसायी युसाकु माएजावाले गरेको ट्वीटले सर्वाधिक बढी रिट्वीट हुने विश्व रेकर्ड बनाएको छ । ५ जनवरीमा उनले गरेको एक ट्वीट सोमबारसम्म आइपुग्दा ४९ लाख भन्दा बढी रिट्वीट भईसकेको छ । यो ट्वीटलाई १२ लाख लाइक पनि गरिएको छ ।
माएजावाले यो ट्वीटलाई रिट्वीट गर्ने वा उनलाई फलो गर्ने मध्येका १०० भाग्यमानी बिजेताबीच १० करोड येन अर्थात करिब १०.२४ करोड रुपैयाँ पुरस्कार दिने बताएका छन् । ट्वीटरमा उनको फलोअर्सको संख्या ५४ लाख भन्दा बढी पुगिसकेको छ । उनको ट्वीटमा चन्द्रमाको अगाडि रकेटको सवारी गर्ने व्यक्तिको क्यारिकेचर थियो । उनको ट्वीटर ह्यान्डल २थयगकगअपद्दण्द्दण् हो ।
यो भन्दा पहिले सर्वाधिक रिट्वीटको रेकर्ड अमेरिकामा कलेजका विद्यार्थी कार्टर विकन्सिनले बनाएका थिए । विलकिन्सनले २०१७ मा एक फास्ट पूmड चेनबाट एक वर्षसम्मको निःशुल्क चिकेन नगेट्स पाउनका लागि उनले मानिससँग आफ्नो ट्वीट रिट्वीट गर्ने अपिल गरेका थिए । उनको ट्वीट ३५.८ लाख पटक रिट्वीट गरिएको थियो । उनलाई ९ लाख ९० हजार लाइक पनि प्राप्त भएको थियो ।
२०१४ मा एलेन डिजेनेरेसका हलिउड स्टार्स मेरिल स्ट्रिप, जिलिया रोबर्ट्स, ब्राड पिट तथा एन्जेलिना जोलीका साथ २०१४ ओस्कार सेल्फीको ३३ लाख पटक रिट्वीट गरिएको थियो । युसाकु माएजावाले आफ्नो शपिङ साइट जोजोटाउनले नयाँ वर्षमा १० अर्ब येनको कारोबार गरेको पनि ट्वीट गरेका थिए । यो अनलाईन व्यवसाय माएजावाको कमाईको मुख्य आम्दानी बनेको थियो । ४३ वर्षका यी जापानी व्यवसायीको नेटवर्थ करिब १२ हजार करोड भारु रहेको छ । ब्लूमबर्गका अनुसार टोकियोमा जोजोको शेयरमा ६.९ प्रतिशतले वृद्धि भएको थियो ।
माएजावा सफल व्यवसायी हुनुका साथै आफ्नो कलेक्सनका लागि पनि प्रख्यात रहदै आएका छन् । उनीसँग पिकासोको सक्कल पेन्टिङका साथसाथै बुगाटीका कैयौ सुपर कार तथा चन्द्रमा जाने एलन मस्कको रकेट टिकट पनि छ । गत वर्षको सेप्टेम्बरमा उनले यसको टिकट लिएका थिए । उनलाई २०२३ मा चन्द्रमामा जाने यो रकेटको पहिलो यात्रुको रुपमा छनौट गरिएको थियो । हालसम्म पनि माएजावा चिनिएको नाम थिएन । तर जोजोको सफलताले उनलाई दयालु मन पनि दिएको छ । उनी जोजोलाई १ दसक भित्र विश्वकै कपडाको शीर्ष ब्रान्डको रुपमा स्थापित गर्न चाहन्छन् । उनले २०१७ मा माइकल बास्क्वेटको एक पेन्टिङ १ हजार २ सय ३२ करोड रुपैयाँमा खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्