अमेरिकामा रहेका लमजुङेहरूद्वारा बाढीपीडितलाई आर्थिक सहयोग «

अमेरिकामा रहेका लमजुङेहरूद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

अमेरिकाको न्युयोर्कका बस्दै आएका प्रवासीहरूले लमजुङको दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाअन्तर्गतका बाढीपीडित परिवारलाई सहयोग गरेका छन् । गत असार १ गते मस्र्याङ्दी र दोर्दी खोलामा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई प्रवासीहरूले आर्थिक सहयोग गरेका हुन् । लमजुङ स्थायी घर भई रोजगारीको शिलशिलामाहाल अमेरिकाको न्युयोर्कमा रहेका व्यक्तिहरूले बाढीबाट पूर्ण क्षति भएका दोर्दी–८, हिलेबजारका १८ घर परिवारलाई प्रतिपरिवार १० हजार र आंशिक क्षति भएका ६ परिवारलाई प्रतिपरिवार ५ हजारका दरले कुल २ लाख १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
त्यस्तै बाढीबाटपूर्ण क्षतिभएका मस्र्याङदी गाउँपालिकाअन्तर्गत ६ घर परिवार र दोर्दी–२, अर्चलबोटका एक परिवारलाई प्रति परिवार नौ हजारका दरले कुल ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
यसैगरी सोही रकममध्येबाट कोभिड व्यवस्थापनका लागि सदरमुकाम बेंसीसहरमा रहेको जिल्ला अस्पताल लमजुङ र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा पनि स्वास्थ्य सामग्री सहयोग भएको छ । जिल्ला अस्पतालका लागि १ लाख ८९ हजार ५ सय २२ रुपैयाँ र सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालका लागि ७० हजार २ सय ३७ रुपैयाँ बराबरको औषधी एवं कोभिड सुरक्षा सामग्री खरिद गरि हस्तान्तरण भएको हो ।
गृह जिल्लामा कोभिड–१९ को संक्रमण रोकथाम तथा उपचार र बाढीपहिरो प्रभावितका लागि राहत सहयोग गर्ने उद्देश्यले गोरखाका एक जनासहित ३१ जना लमजुङेहरूले ५ लाख ४८ हजार ७ सय २८ रुपैयाँ संकलनगरी पठाएका थिए ।
स्थानीय जनप्रतिनिधीहरूको रोहवरमा संविधानसभा सदस्य जमिन्द्रमान घले, राहात संकलन अभियान्ता मीना गुरुङ, मनमाया गुरुङ, सञ्चारकर्मी सन्देश पौडेललगायतले प्रभावितहरूलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्