म्याग्दी कांग्रेसको नयाँ नेतृत्वमा पुग्न नेताहरू सक्रिय «

म्याग्दी कांग्रेसको नयाँ नेतृत्वमा पुग्न नेताहरू सक्रिय

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसँगै नेपाली कांग्रेस म्याग्दीको सभापतिमा आधादर्जन नेताहरू आंकाक्षी छन् । केन्द्रीय समितिले बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन सक्रीय बनेका छन् ।
जिल्ला सभापतिमा वर्तमान सभापति खमबहादुर (खमवीर) गर्बुजा, निर्वतमान सभापति तथा संविधानसभा सदस्य रेशम बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिव क्या. मीनबहादुर कार्की र पूर्वउपसभापति नेत्रबहादुर महत, जिल्ला सदस्य केवी भण्डारी आकांक्षी देखिएका छन् । महाधिवेशनमा हालका जिल्ला सभापति खमबहादुर (खमविर) गर्बुजा दोस्रो कार्यकालका लागि दाबी गर्दैछन् । गर्वुजाको प्रतिस्पर्धामा निर्वतमान सभापति रेशम बानियाँ छन् ।
सभापति दावेदारहरूमध्ये उपसभापतिमा आउने देखिएको छ। त्यस्तै जिल्लामा सचिवमा पदमा युवाहरूको दाबी देखिएको छ। हालका सह–सचिव एवम् युवा नेता भरत रकालले सचिवमा दावि गरेका छन् । उनले जिल्लामा पाटीलाई अघि बढाउन सचिव पद नछोड्ने बताएका छन् । त्यस्तै सचिवमा जिल्ला सदस्य ओम छन्त्यालले दाबी गर्दै पाटीभित्र छलफल गरिरहेको जानकारी दिए । केन्द्रको महाधिवेशनका लागि जिल्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने सह–सचिव रकालले जानकारी दिए ।
नेतृत्वको लागि आंकाक्षी नेताले क्रियाशील सदस्यमा ध्यान केन्द्रित गरेका छन् । जिल्लाको मुख्य पदमा दावि गरिरहेको नेताहरूले वडा, गाउँ र नगरका सदस्यहरूसँग भेटघाट र छलफलमा ब्यस्त भएका छन् भने जिल्ला बाहिर रहेका नेताहरू अधिवेशन नजिकिएसँगै जिल्लामा आएका छन् । कांग्रेसले वडा, गाउँ, नगर र जिल्लामा नयाँ नेतृत्व चयनका लागि अधिवेशन नजिकिएसंगै नेताहरू वडातहको मतदाता छनोटमा केन्द्रित भएका हुन् ।
सभापति खमविर गर्वुजाका अनुसार छुटेका दुईसय सदस्यहरूको केन्द्रबाट स्विकृत भएर आयो भने क्रियाशिल सदस्य ३ हजारभन्दा बढी हुने बताए । पुराना १ हजार र नयाँ क्रियाशील सदस्य १हजार ८ सयसहित, २८ सय क्रियाशील सदस्य हुने जानकारी दिए । छुटेका २ सय सदस्यहरू केन्द्रबाट स्विकृत भएर आयो भने सदस्यता संख्या वृद्धि हुने जानकारी दिए ।
त्यसैगरी साउन ११ गते गाउँपालिका र नगरपालिकाको, १६ गते प्रदेशसभा क्षेत्रीय, २० गते प्रतिनिधिसभा क्षेत्रीय र २४ गते जिल्ला अधिवेशन हुनेछ ।क्रियाशील सदस्यले वडा र गाउँ नगरको नेतृत्व छान्न मतदान गर्न पाउनेछन् । यसैगरी जिल्ला नेतृत्व चयनका लागि प्रत्येक वडा तहबाट १६ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।
विभिन्न पदमा दाबी गरेका जिल्लाका नेताहरूल सहमतिमा नेतृत्व चयन नभएपछि केन्द्रका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको खेमाबाट प्रतिस्पर्धा गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्